१४ औं महाधिबेशनमा कांग्रेस आफै नहारोस

सहि नेतृत्व छान्न सकिएन भने अहिले त कांग्रेसले जित्ला तर अरु संगको चुनावमा कांग्रेस फेरि हार्ने छ ।
Logo
खेमराज दाहाल मंगलबार, साउन ०५, २०७८

देशकै पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसको ठुलो चाड महाधिवेशन संनिकट छ । वडा, नगर, जिल्ला हुदै केन्द्र सम्म कांग्रेसको आन्तरिक चुनावले देशका अन्य राजनीतिक पार्टीलाई मात्र हैन अन्तर्राष्ट्रिय स्तरमा समेत यस्को चासो बढेको पाइन्छ ।

देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएकै कारण र अहिले देशको राजनीतिक परिवेशलाई हेर्दा आज कांग्रेसबाट चुनिएर आउने नेतृत्व नै भोलि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने निश्चित छ । यस्तो अबस्थामा कांग्रेसको नेतृत्व गरेर आउने ब्याक्ती पार्टीको कार्यकारी मात्र हैन देशकै कार्यकारी हुने स्थानमा पुग्दै गर्दा देशी तथा बिदेशी शक्तिहरुले चासो राख्ने  र प्रभाव पार्छन ।

१३ औं महाअधिबेशन बाट सभापति भएर आएका शेर बहादुर देउवाका कारण कांग्रेस इतिहासकै सबभन्दा कम्जोर अबस्थामा आइपुगेको भन्ने आम कांग्रेसी कार्यकर्तालाई लागेको छ । उनी सभापति भए पछि कांग्रेस नेतृत्व तहले गरेका निर्णय बिवादित बने । स्वच्छ छवि भएकी महिला प्रधानन्यायाधीश शुशिला कार्की माथी महाअभियोग, ६४ सदस्यिय मन्त्रीमण्डल गठन उनको नेतृत्वले गरेका अक्षम्य गलती थिए । आफैं प्रजातान्त्रिक पार्टी भन्ने तर कानुनको ठाडो उलंघन गर्ने प्रजातान्त्रिक गतिविधि बिरोधि गतिबिधी गर्दा कांग्रेस आफै बिरोधाभाष पुर्ण खाडलमा गाडिएको थियो ।

कांग्रेसको आन्तरिक निर्वाचनमा जो जिते हारे पनि कांग्रेस भित्रैका आउने हो । तर जितेर आउने नेतृत्वले सहि निर्णय लिन वा दिन सकेन भने समग्र कांग्रेस हार्छ भन्ने पाठ आम कांग्रेसिले सिक्न जरुरि छ । स्वर्गीय कृष्ण प्रसाद भट्टराईले युवाहरुलाई पनि राजनीतिमा आकर्षित गर्न पर्छ भन्ने उदेश्यले नेपाल विद्यार्थी संघको स्थापना गरेका थिए । त्यही नेबिसंघबाट उत्पादित देउवा कांग्रेसको नेतृत्वमा आउदा नेबिसंघ आफै आफ्नो अस्तित्व रक्षाको संघर्षमा छ । यस्तै कांग्रेसलाई दर्बिलो बनाएर अड्याउने नेबिसंघ जस्तै अन्य संगठनको हाल त्यो भन्दा खराव छ ।

१३ औं महाधिवेशनमा देउवाले त जिते तर उनको सभापतित्वकालमा कांग्रेस सफाया भयो प्रत्यक्ष निर्वाचनमा । स्थानीय निकायमा पूरै खुम्चियो र सातमध्ये एउटा पनि प्रदेश सरकार निर्माण हुन सकेन । यति हुदा पनि उनले यस्लाई कहिले आफ्नो असक्षमता स्विकार्न त के सुन्न पनि चाहेनन । कांग्रेसले देशभर हार बेहोरे पछि कांग्रेसबाट राजनीतिक करियर शुरुगर्दै गरेका युवाहरुले पासपोर्ट बनाएर खाडी राष्ट्रको टिकट लिने बेला सिर्जना भएको थियो । त्यस्तो बेला ती पासपोर्ट बनाउन लाम बद्ध भएर लागेका युवालाई रोक्न शेखर कोइराला हरेक जिल्ला पुगेर उनिहरुलाई रोकेनन मात्र फेरि कांग्रेस प्रती मोह बढाएर त्यस्मा लाग्न अभिप्रेरित गराए ।

देशका सबै जिल्ला पुगेर निराश भएका कार्यकर्तामा कोइरालाले यसरी मलम पट्टि गरे जस्कै कारण हरेक जिल्लामा कांग्रेसको आन्तरिक लोकतन्त्र बलियो देखिएको छ । त्यसरी मुर्छामा परेको कांग्रेसलाई अहिलेको अबस्थामा लेइ पुर्याउने कोइराला हारेर फेरि देउवा जितेर आउने हो भने फेरि कांग्रेस हार्नेमा संका गर्न सकिन्न ।

उदयपुरका कुरा

२ दशक देखि कांग्रेसको नेतृत्व सम्हाल्दै आएका बिदुर बाबू बस्नेत सभापति रहदा जिल्लाका ८ स्थानीय तहको चुनावमा जम्मा एक स्थानीय तहमा मात्र कांग्रेसले जित्यो अरुमा हार बेहोर्यो । दुई संघिय निर्वाचन क्षेत्र र ४ प्रदेश निर्वाचन क्षेत्र रहेको स्थानमा जम्मा दुई क्षेत्र मरेर कांग्रेसले जित्यो अरु हार्यो स्वयम सभापति बस्नेतले पनि हारे । पुर्व सभापति हिमाल कार्कीले प्रदेश सभा जित्दा डा. नारायण खड्काले संघिय संसद जितेर गए ।

डा. खड्का र हिमाल कार्कीलाई जिताउन दिलोज्यान दिएर लागेका कार्यकर्ताका लागि चाहिने सरकार स्थानीय सरकार थियो त्यो कम्युनिस्टको थियो । त्यो स्थानीय सरकारले कांग्रेसका कार्यकर्तालाई कहिले नगरका जनता नै ठानेन । आफ्नो मुल्यवान समय कांग्रेस, हिमाल र डा. खड्का भनेर बिताए, स्थानीय सरकारले पनि अनागरिक झै ब्याबहार गर्यो । यस्तो अबस्थामा पासपोर्ट नबनाएर के गरुन ती युवा । न जितेर गएका हिमाल र डा खड्का  फर्किएर एक दिन ती युवाहरुको अबस्थाको बारेमा चिन्ता लिए, नत तिनिहरुको ब्यानस्थापन को बारेमा नै सोचे ।

नेतृत्व तहले वास्ता नगर्दा जिल्ला जिल्ला पुगेर जसरी शेखर कोइरालाले युवाहरुलाई फेरि कांग्रेस प्रतीको निष्ठा जगाए त्यसैगरि जिल्लामा वसन्त बस्नेतले जिल्लाका हरेक तहमा पुगेर युवाहरुमा कांग्रेस प्रति रक्त संचार गराए । युवाहरूमा जोश भरे । अन्यत्र ठाउमा कांग्रेसको लज्जास्पद हारले धेरै युवा पार्टी संगठन छाड्नेको लर्को लाग्दा नेता बसन्तले पार्टी प्रवेशको ओइरो लगाए । केन्द्रमा कोइराला हरु संग जस्तै उदयपुर कांग्रेसको पनि बस्नेत परिवार संग उस्तै उस्तै लिगेसी छ । तर जसरी केन्द्रमा शेखर कोइरालाले लिगेसी हुँदा हुँदै पनि आफ्नो अलग्गै पहिचान बनाए त्यस्तै उदयपुरमा पनि नेता वसन्तले अलग्गै पहिचान बनाएका छन ।

बिगत दुई बर्ष देखि सभापतिको उम्मेदवारीका रुपमा आफुलाई राख्दै जिल्ला दौडाहा देखि संगठन बिस्तारमा लागेका बस्नेत निर्विकल्प उदयपुरको नेतृत्वमा आउन पर्छ भन्नेमा युवाको ठूलो पङ्ती छ । अर्काले बनाइदिएको जगमा पावरका भरमा आएर राज गर्न खोज्ने डा.खड्कालाई उदयपुर कांग्रेसबाट बिदा दिन पर्छ भन्ने युवा पङ्ती पनि उत्तिकै छ । त्यसको लागि युवाहरुलाई साथ लिएर हिडेका बसन्तलाइ साथ लिएर नेतृत्व लिन सक्ने मान्छे हुन हिमाल कार्की । हिमाललाई अहिले युवा देखि बुढापाकाको समेत सदासयता र साथ छ ।

यदि यस्तो हैन र जिल्लामा सधै बिदुर र हिमाल लगाएत अन्य समकालीन नेता अब पनि प्रतिस्पर्धा गरिरहने हो भने कांग्रेसमा राजनीतिक भबिश्य बोकेर हिडेका युवाहरुले बिद्रोह गर्ने बेला आएको छ । यदि युवाहरुले बिद्रोह गरे भने न हिमाल आफू नेता रहन्छन न डा. खड्का नै डाक्टर रहन्छन । त्यसैले कांग्रेसको महाधिवेशन (आन्तरिक राजनीति) मा सहि ब्याक्ती नेतृत्वमा पुग्न सकेन भने त्यस्ले निम्त्याउन सक्ने फल सुखद नहुन सक्छ ।

अन्त्यमा वडा, जिल्लामा होस या केन्द्रमा अहिले जहाँ जो आए पनि कांग्रेस नै हो आउने तर त्यस नितृत्वले कांग्रेसलाई कसरी लैजान्छ ।  वडा देखि जिल्ला सभापति हाँक्ने ४ बर्षे भिजन के छ ? संगठन बिस्तारमा उस्ले यस अगाडि खेलेका भुमिका के कस्ता ? लगाएतका कुरालाई नजर अन्दाज गरिन्छ भने उदयपुर कांग्रेस कहिले माथी उठ्न सक्दैन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।