नेपाल सरकारको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या युवा पिंडिको छ । अहिलेको प्रबिधिमैत्री युगमा संसारको राजनीतिक परिवेश देखि आर्थिक सामाजिक क्रान्तीको समेत अध्ययन गरेका युवाहरुले नेपालमा कांग्रेसको सान्दर्भिकताको प्रश्न उठाउन थालेका छन ।
स्थापना कालमा बिपिले बनाएको एउटा सानो झुप्री र दुहुना गाई भन्दा माथी कांग्रेस अहिलेसम्म उठ्न सकेको छैन । हाम्रो देश भन्दा पछाडि देशको रुपमा चिनिएका बिश्वका कति पय देशहरु अहिले शक्तिराष्ट्रका रुपमा उदाईसके तर नेपाल झन खिइदो अबस्थामा छ । यस्को कारण के हो त भन्दा नेपालको राजनीति ! त्यो राजनीतिको केन्द्र बिन्दुमा छ नेपाली कांग्रेस । आम नागरिकले सिधा अर्थमा बुझ्ने भनेको यही हो ।
अहिलेका पार्टीका सभापति तथा प्रधानमन्त्री देउवा ४५ बर्षको उमेरमा देशको गृहमन्त्री भए । उनै देउवा ४८ बर्षको उमेरमा प्रधानमन्त्री बने । युवा अबस्थामा मुलुकको कार्यकारी पदमा पुगेका देउवा कार्यकारी पदमा पुगेको साढे दुई दशक पछि पनि त्यहीँ पदका लागि माथापच्ची गरिरहेका छन । अहिले देउवा ७५ बर्षका पुगे । देउवा यो उमेर सम्म आइपुग्दा ५ पटक प्रधानमन्त्री बने ।
देउवाले ५ पटक प्रधानमन्त्री बन्दै गर्दा अहिलेसम्म सम्झनलाएक एउटा काम गरेका छैनन । यसको मतलब के हो त भन्दा देश अहिले सम्म बिकाश देखि अन्य कुरामा गति लिएर अगाडि बढ्न सकेन । देश यो अबस्थामा पुग्नुमा देउवाको ठूलो हात छ । हजारौं युवा बेरोजगार बनेर खाडी मुलुक जानू पर्ने बाध्यात्मक कारण मध्य एक कारण देउवा पनि हुन ।
अब फेरि कांग्रेसमा देउवा नै नेतृत्वमा आउने हो भने फेरि पनि अवका अरु ५ बर्ष उनैले देशको शासन गर्नेछन । त्यसो हो भने जनताले जानीजानी किन कांग्रेसलाई जिताएर अरु देशका उर्जावान ५ बर्ष खेर फाल्ने ? यसरी कांग्रेसको देशमा सान्दर्भिकता सकिदै गएको छ ।
यता जिल्लाको नेतृत्व सम्हाल्न तयार देखिएका नेताहरुको पनि उस्तै छ हालत । आज भन्दा दुई दशक अगाडि सभापति भै सकेकाहरुले फेरि नेतृत्व लिने आकाँक्षा राखेका छन । दुई दशक अगाडि सभापति भएर पार्टी हाँकिसकेकाले अब फेरि पार्टीको नेतृत्व लिन खोज्नु भनेको कार्यकर्ताको भावनालाई कदर गर्नु पार्टीलाई नयाँ जीवन उदेश्य दिन्छु हैन कि उनिहरुको बाँकी स्वार्थ पुर्तिको लागि पद र पार्टी प्रयोग गर्ने मात्र हो ।
केन्द्रमा देउवा सभापति हुँदै गर्दा कांग्रेसको बिकल्प खोज्न थालेका युवाहरुले जिल्लामा समेत उहीँ किसिमको नेतृत्व आउदा अपेक्षा के गर्ने ? कांग्रेसको अस्तित्वका लागि कस्ले लडि दिने । नेतृत्वका कारण युवाहरु आफै कांग्रेस देखि तर्केर हिड्न थालेका हुनेछन भने बुढा मतदाताले मात्र पार्टीको साख जोगिएला ? कांग्रेस मास बेस पार्टी हो । पार्टीको नेतृत्वमा आउने ब्याक्तिले मासमा गएर अपिल गर्दा त्यो नेतृत्वलाई कतिले पत्याउछन कति मतदाता आकर्षित हुन्छन ? भन्ने कोण बाट कहिले जिल्ला तहमा कांग्रेसले सोचेन । किन सोचेन त भने कांग्रेस आफुले आफुलाई समेत चिनेको छैन । यदि कांग्रेस आफुले आफुलाई चिनेको छैन भने जनताले त्यस्को औचित्य माथी प्रश्न उठाउनु मात्र हैन पुष्टि गर्न लाउछन । त्यस्को पुष्टि गर्न अहिले सभापतिको लागि आकाँक्षा देखाएका मध्य को बाट सम्भव होला ?
उदयपुर कांग्रेसको नेतृत्व लिने आकाँक्षीको बारेमा एक एक गरेर समीक्षा गरौ ।
१ नारायन बहादुर कार्की – नेपाली कांग्रेसका सादगी नेता मध्य एक हुन नारायण बहादुर कार्की । संबिधान सभाको निर्वाचनमा उदयपुरबाट जितेर गएका कार्कीका नराम्रा पक्ष केही छैन तर राम्रो पक्ष पनि सादगी इमान्दार नेता भन्दा अरु केहि छैन । युवाहरूलाई आकर्षण गर्ने कला नहुने मात्र हैन उनको साथमा युवाहरुको जमात नै छैन । प्रबिधि सँगै बदलिएको सामाजिक परिबेश र सोचसँग कार्किले सोच्ने परिवेश नै मेल खादैन । जब मतदाता कार्यकर्ताको सोच सँग नेतृत्वको सोच नै मेल खादैन भने कसरी त्यो नेतृत्व सफल हुन सक्छ ?
२. बिदुर बाबू बस्नेत – बिदुरबाबू उदयपुरका सबै नेतृत्व मध्य धेरै नेतृत्व तहमा बसेका टेस्टेड आंकाक्षी हुन । राज्यका लाभको पदमा पुग्न नसकेका भए पनि पार्टीको जिल्ला तहको नेतृत्व पटकपटक गरेको भएकाले उन्लाई पनि युवाहरुले साथ छोडी सकेका छन । पहिलो कुरा त उनी चलाएमान छैनन् । प्रायः जमेको पानी जस्तो सिथिल रहने हुदा पार्टी पनि उनको नेतृत्व कालमा सिथिल जस्तै बन्छ । पार्टीका गतिविधि शून्य जस्तै हुन्छ्न । जस्ले कार्यकर्तामा उत्साह आउदैन, कार्यकर्ता भोटअपिलको लागि भिड्दैनन । त्यस्तो नेतृत्व कसरी सफल हुन सक्छ ।
३. हिमाल कार्की – युवा र बुढापाकाहरुलाई एक साथ लिएर हिड्न सक्ने क्षमताका ब्याक्ती हुन हिमाल कार्की । उमेरको हिसावमा पनि खासै धेरै उमेर नखाएका कार्किमाथी युवा पङ्तिको पनि दरिलो साथ र बुढापाकको माया सद्भाव र बिश्वास छ । तर यतिको कार्यकर्ता तथा मतदाताको बिश्वास भरोसा पाएका कार्की महत्वाकांक्षी छैनन । उनी साँघुरो घेरा भित्र सिमित छन । मतदाता र कार्यकर्ता टिकाई राख्ने खुवी उनमा छैन । उनी केन्द्रमा देउवा सँग निकट छन । पारिवारिक र गुटगत राजनिती गर्न खप्पिस देउवाका चेलो भएका कारण पनि उनी ब्याक्तिगत रुपमा सफल भए पनि कार्यकर्ताका लागि खास नबन्न सक्छन । एक ब्याक्ती वा गुटको नेता कहिले पार्टीको नेता हुन सक्दैन । सदैब समग्र पार्टीको सर्वकालिन नेता बन्नको लागि हरेक एक कार्यकर्ताको लागि खास बन्न सक्नु पर्छ र हरेक एक कार्यकर्तालाई खास मान्नु पर्दछ । लोकतान्त्रिक पार्टी भित्र अलग बिचार समुहहरु हुन्छन तर नेतृत्वले ती हरेक बिचार समुहको कुरा सुन्ने र ती बिचारहरुलाई आफुतिर आकर्षित गर्ने बाताबरण सिर्जना गर्न सक्नु पर्दछ ।
४. वसन्त बस्नेत – युवाहरुको दर्विलो साथ र भरोसा सहित जिल्लाको नेतृत्व लिन आँकाक्षा राख्ने नेता हुन वसन्त बस्नेत । सबै तह तप्काका कार्यकर्ता तथा मतदातासँग समान ब्याबहार गर्ने नेता बस्नेतसँग पपुलर मतदाता धेरै छन । हरेक दिन जसो गरिब मतदाताका घरमा पुगेर उनिहरुसँग हातेमालो गर्न सघाउने नेता बस्नेतको अत्यन्तै राम्रो पक्ष मानिन्छ । कार्यकर्तालाई उत्साहित बनाइ राख्न प्रायः उनिहरु सँगै समय ब्यातित गर्छन । सांगठनिक राजनीतिमा बिश्वास गर्ने उनी संगठन बिस्तार पार्टी कार्यक्रम सेमिनार लगाएतका कार्यक्रम गर्न तल्लिन हुन्छन । तर उर्जावान युवाहरुको साथ पाएर पनि उनी ब्याक्तिगत रुपमा भने अल्छे देखिन्छन । एकदमै सानो सानो कुरामा अल्झिने, सहि समयमा सहि निर्णायक फैसला दिन नसक्ने, निर्णायक क्षमता कम भएका नेताको रुपमा उन्लाई हेर्छन । शान्त स्वाभाब भएका कारण पनि होला उनमा बिद्रोही चेतना कम छ तेहि भएर बोल्ड निर्णय गर्न उनी हिचकिचाउ छन । कसैको चित्त नदुखाउ सबलाई पुर्याएर अनि आफू लिउ भनेर सोच्ने सोच भएका वसन्त बस्नेतले राजनीति गर्ने हुदा आफुमा केही परिबर्तन गरेर बिद्रोही सोचको बिकास र निर्णय गर्ने साहस राख्नु पर्छ ।