बन्यो त्रियुगा नगरमा विपत ब्यवस्थापन समिति (समितिको अन्तरक्रिया कार्यक्रममा जे देखियो जस्ताको तस्तै हेर्नुहोस )

Logo
खेमराज दाहाल बिहिबार, आषाढ १६, २०७९

त्रियुगा नगरपालिकामा विपत ब्यावस्थापन समिति गठन गरिएको छ । नगरपालिका भित्रको विपत व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नगर विपत व्यवस्थापन समिति गठन गरिएको हो ।

नगर प्रमुख संयोजक रही उपप्रमुख, नगरका विभिन्न शाखाका शाखा प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारि , सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ ,गैरसरकारी संस्था, पत्रकारमहासंघका अध्यक्ष, लगायत राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि सदस्य रहने गरि समिति बनाइएको छ ।

यस अघि विपत ब्यवस्थापन ऐन बने पनि समिति भने नबनेको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताए ।

विपत भन्नाले आकस्मिक रूपमा मानवीय वा प्राकृतिक कारणले घट्ने विनाशकारी घटना घटेको अवस्था हो । भूकम्प, बाढी, पहिरो, खडेरी, आगलागी, हुरी, महामारी आदि घटना विपतका उदाहरण हुन् ।

विपतको योजना, पूर्वतयारी, प्रतिकार्य, जोखिम न्युनीकरण, उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण जस्ता कार्यको चक्र हो,विपत व्यवस्थापन । सदैव तदारुकता रही संस्थागत तथा संरचनागत व्यवस्था गर्नु पनि विपत व्यवस्थापनकै पाटो हो ।

तर त्रियुगा नगरपालिकामा बाढी पहिरो, आगलागी, कोरोना महामारी फैलदा समेत विपत ब्यावस्थापनमा निवर्तमान मेयर सहित शाखा प्रमुखहरुको तजबिजमा कार्य हुनु आफैमा प्रश्न गर्ने कार्य हो ।

हालै सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले विपत ब्यवस्थापनलाई संस्थागत गर्दै लैजाने उदेश्य सहित आज विपत ब्यवस्थापन समिति बनेको छ । सो समितिका सदस्य रहने नगरका शाखा प्रमुखहरुलाई आज सम्म भएका विपत ब्यावस्थापनमा सिकेका कुरा र आउने दिनमा गर्न पर्ने प्रतिकार्य र जोखिम न्यूनीकरण गर्न पर्ने योजनाका बिषयमा जानकारी गराउन प्रमुख प्रशासकीय अधिकृत ढकालले निर्देशन दिएका थिए ।

अधिकृत ढकालको निर्देशन पछि आफ्नो आफ्नो शाखाको बिषयमा शाखा प्रमुखहरुले हाल सम्म विपत ब्यवस्थापनमा भएका कार्यको डाटा दिन सकेनन । हाल सम्म भएका कार्यको डाटा दिन नसकेका शाखा प्रमुखले आउने दिनमा विपत ब्यवस्थापन गर्न आवस्यक पर्ने प्रतिकार्य र जोखिम न्यूनीकरणका कुनै योजना मात्र नभएर सल्लाह र सुझाव समेत दिन सकेनन ।

विपत ब्यवस्थापन आवस्यक छ, यो गर्नु जरुरी छ भनेर आफ्ना मन्तव्य राखेका शाखा प्रमुखले आफ्नो शाखाले हेर्ने निकायमा विपत परे तेस्को ब्यवस्थापनको बिषयमा सम्म छुवाएनन । शाखा अन्तर्गत कुन कुन बिपत आउन सक्छन भन्ने समेत नखुलाई बिदा भए ।

स्थानीय समुदायलाई विपतप्रति जागरुक बनाउन, विपतसँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपतको घटना हुनासाथ प्रतिकार्यका लागि परिचालित हुन वडा तथा समुदायस्तरमा समावेशी विपत पूर्वतयारी तथा प्रतिकार्य समिति गठन गर्ने कार्यलाई तिव्रता दिनु पर्नेमा प्रशासकीय अधिकृत ढकलले जोड दिए । नगरपालिकामा विपत व्यवस्थापन सूचना प्रणाली तथा पूर्वचेतावनी प्रणालीको विकास र सञ्चालन गर्नु पर्ने उनले धाराणा राखेका थिए ।

विपत ब्यवस्थापनलाई प्रभावकारी बनाउन वडा देखी टोल कमिटी सम्म ब्यवस्थापन समिति बनाएर लैजाने नगर प्रमुख वसन्त कुमार बस्नेतले धारणा राखेका थिए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष प्रमेश घिमिरेले विपत ब्यवस्थापनलाई प्रभावकारी बनाउन नदि नियन्त्रण लगायतका बिषयमा डिपिआर बनाएर दीर्घकालीन हुने गरि योजना बनाएर जान आग्रह गरे ।

विपत ब्यवस्थापनमा सुरक्षाकर्मी सँग मात्र भर नपर्ने गरि हामी आफैं पनि विपत प्रतिकार्य योजना बनाएर जानू पर्ने नगर उप प्रमुख महेश्वरी राइले बिचार राखेकी थिइन ।

जिल्ला विपत व्यवस्थापन समिति सँग सहकार्य र समन्वय गर्दै जिल्ला नापी कार्यालयबाट जोखिम आकलन गरिएका नक्सा प्राप्त गरी भूकम्प, पहिरो, आगलागी, बाढी हावाहुरी आदि जोखिमलाई क्रमशः उच्च देखि न्यून जोखिमका रूपमा पहिचान गरि संस्थागत ढंगले तत्काल राहत र विपत व्यवस्थापनको तत्कालीन प्रतिकार्य योजना बनाउन र तत्काल उद्वार कार्य गर्न विपत कोषको स्थापना गरि त्यसै मार्फत खर्च गर्ने योजना ल्याउन पर्ने जरुरी देखिन्छ ।

कोष स्थापनका लागि र बिपत न्यूनीकरणका लागि नगरपालिकाको आर्थिक वर्षको वार्षिक कार्यक्रममा वातावरण तथा विपत व्यवस्थापनका लागि वन तथा भू संरक्षण, जलाधार संरक्षण, जलवायु अनुकूलन कार्यक्रम, फोहर मैला व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरि कोषलाई बृहत क्षेत्र समेट्ने किसिमको बनाउन पर्ने आवस्यकता देखिन्छ ।

विपतका घटना हुनासाथ खोज, उद्धार र राहत लगायतका प्राथमिक कार्यहरू तत्काल गर्नको लागि संस्थागत संयन्त्र स्वतः: परिचालित हुने अवस्था निर्माण गर्नु जरुरी छ ।

विपतको समयमा जोखिममा रहेको समूह विशेष गरी महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्तिउपर हुन सक्ने घटना(लैङ्गिक हिंसा, बेचबिखन तथा अन्य कुनै पनि किसिमका शोषण) रोकथामको लागि विशेष सतर्कता अपनाई सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ । विपतको समयमा स्थानीय आमसञ्चारका माध्यमहरूको भूमिका पनि महत्त्वपूर्ण रहन्छ । साथै निजी एवम् गैरसरकारी संस्था, स्थानीय स्वयंसेवक, सामाजिक परिचालक लगायत सम्बन्धित सबै पक्षको समन्वय र संलग्नतामा मात्र नगरपालिकाले विपत व्यवस्थापन गर्न सक्दछ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।