मालवस्तु तथा ढुवानी साधन अनुगमन प्रणाली सम्बन्धि गाईघाटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
बुधबार, आश्विन १२, २०७९

उदयपुर। मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम – भीसीटीएस) सम्बन्धि उदयपुरको गाईघाटमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राजश्व अनुसन्धान कार्यालय इटहरीको सहकार्यमा त्रियुगा उद्योग बाणिज्य संघको सभाहलमा बाणिज्य संघले कार्यक्रमको आयोजना गरेको हो।

देश भर भीसीटीएस प्रणाली लागु भै सके पनि यो प्रणाली सम्बन्धि उद्योगी व्यवसायी अभ्यस्त नभइसकेको भन्दै यो प्रणालीबारे प्रशिक्षण तथा अन्तरक्रिया आवश्यक रहेका कारण यो कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष रमेश रसाइलीले बताए।

भीसीटीएस प्रणाली भनेको वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको अनुगमन गर्ने प्रणाली हो। यस प्रणालीमा मालवस्तु तथा ढुवानीका साधनको संक्षिप्त विवरण भरेर मात्रै मालसामान ओसार–पोसार गर्न पाइन्छ।

राजश्व अनुसन्धान कार्यालय इटहरीबाट आएका कार्यालय प्रमुख र अन्य कर्मचारीहरुले भीसीटीएस प्रणाली प्रयोगको बारेमा उद्योगी ब्यबसायी हरुलाई बताएका थिए।

कार्यक्रमा जिल्लाका सुरक्षा निकायका प्रमुख, उदयपुरका उद्योगी  व्यबसायीहरुले भीसीटीएस प्रणालीका कारण आफुले खेप्नु परेको समस्याहरु राखेका थिए।

को-को यो प्रणालीमा प्रविष्टि गर्नुपर्छ?

  • व्यावसायिक प्रयोजनका मालसामान एक ठाउँबाट अर्को ठाउँमा थोकस्तरसम्मको कारोबार गर्नेले आन्तरिक ओसारपसार गर्दा ढुवानी साधन र मालसामानको सङ्क्षिप्‍त विवरण प्रविष्‍टि गर्नुपर्छ।
  • आयातको हकमा आयातकर्ता वा भन्सार एजेन्टले भन्सार विन्दुमा नै प्रविष्‍टि गर्नुपर्छ।
  • ढुवानी सेवा सञ्चालन गर्ने कम्पनीमार्फत्‌ ढुवानी गर्ने थोकस्तरको विक्रीको प्रविष्‍टि ढुवानी कम्पनीले गर्नुपर्छ।
  • उद्योग, वितरक वा थोक विक्रेताले आफैँले मालवस्तु आफ्नो कारोबारको स्थलबाट सोझै विक्री गरी पठाउँदा मात्र यो प्रणालीमा प्रविष्‍टि गर्नुपर्छ।
  • उद्योग, वितरक वा थोक विक्रेताले आफ्नो उद्देश्य अनुसार उपभोक्तालाई खुद्रास्तरमा विक्री गर्दा प्रविष्‍टि गर्नुपर्दैन। तर स्वेच्छिक रूपमा प्रविष्‍टि गर्न सकिन्छ।
  • खुद्रास्तरको व्यवसाय गर्नेहरूले यो प्रणालीमा प्रविष्‍टि गर्नु पर्दैन।

राजस्व अनुसन्धान विभागका निर्देशक तिर्थ राज खनालका अनुसार यो प्रणालीबाट राज्य र व्यवसायी दुवैलाई फाइदा हुनेछ।

कस्ता छन् भीसीटीएसका विशेषता?

  • यो प्रणाली लागु भएपछि हाल राजस्व अनुसन्धान कार्यालयका चेकपोष्‍टमा मेनिफेस्टो तथा बिल बीजकको फोटोकपी बुझाउनु पर्दैन।
  • यो प्रणाली प्रयोग गरे बापत कुनै शुल्क, रकम बुझाउनु पर्दैन।
  • चलानबाट मालवस्तु पठाउँदा यो प्रणालीमा प्रविष्‍टि गरे पुग्छ। आन्तरिक राजस्व कार्यालयमा चलान बुझाउनु पर्दैन।
  • उद्योगले कृषकबाट कच्चा पदार्थ जस्तै धान, गहुँ, मकै, उखुजस्ता वस्तु खरिद गर्दा यसमा प्रविष्‍टि गर्नु पर्दैन।
  • दुर्गम क्षेत्रका साना व्यवसायीलाई यो प्रणालीले लक्षित गरेको होइन।
  • राजस्व चुहावट गर्नेलाई जरिवाना गर्ने कानुनी अधिकार महानिर्देशक, राजस्व अनुसन्धान विभागलाई मात्र हुन्छ।
  • प्रणालीमा प्रविष्‍टि गर्न युजर आईडी बनाउन र पासवर्ड आफैँ लिनसक्ने भएकोले विभाग र कार्यालयमा जानुपर्ने झन्झट छैन।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]