‘डेंगी नियन्त्रण गर्न समुदाय नै लाग्नुपर्छ, सवैको उतिक्कै भूमिका आवश्यक : नगर प्रमुख बस्नेत

Logo
बिहिबार, कार्तिक ०३, २०७९

उदयपुर।  लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले अभियान सुरु गरेको छ। कार्तिक ३ गते बाट ‘डेंगी रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान’ सुरु गरेको हो।

डेंगी रोग सार्ने लामखुट्टे बस्ने बासस्थान पत्ता लगाई खोजेर नष्ट गर्ने उदेश्य सहित यो अभियान सुरु गरिएको त्रियुगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले बताए।

प्र.प्र.अ वनका अनुसार डेंगी रोग सार्ने लामखुट्टे पानी जम्ने खाल्टा खुल्टी, घरमा खुला राखिएका ड्रम, बोतल, ट्यांकी, कुलरको भाँडो, बाल्टिनमा राखिएको पानीमा, बिशेष गरेर सवारी साधनमा प्रयोग गरेर फालियाका टायरमा जम्ने पानीमा बस्ने र फुल पार्ने र तिनै फुल लार्भा हुँदै लामखुट्टे बन्ने हुदा त्यस्ता ठाउको पहिचान गरि खाल्टा खुल्टी पुर्ने फालियाका टायरलाई व्यबस्थापन गर्ने गरि यो अभियानको सुरु भएको हो।

डेंगी रोग नियन्त्रण देशभर चुनौतीको रुपमा देखा पर्दै गएकाले डेंगी फैलाउने लामखुट्टेविरुद्ध सबै मिलेर लाग्नुपर्ने नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए।

“डेंगी भाइरसको औषधि औषधी छैन, यसबाट जोगिन लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्नु र वातवरण सफा राख्नु पर्दछ ।”  उनले भने, ‘डेंगीबाट जोगिन सबै मिलेर काम गर्नुपर्छ। नगरपालिकाले मात्र सम्भव छैन प्रहरी, प्रशासन , समुदाय, परिवार सबैको भूमिका आवश्यक छ।’

त्रियुगा नगरपालिकाले आयोजना गरेको अभियानमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय उदयपुरको समन्वय रहेको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस अभियानलाई सफल बनाउन प्रहरी र प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

कमजोर सरसफाइ, मानवीयलगायत कारणले डेंगी फैलिने भएकाले डेंगी रोग नियन्त्रणका लागि नगरपालिका मात्र नभएर  समुदायकै भूमिका बलियो हुने नगर उपप्रमुख महेश्वरी राईले बताइन।

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगी सन् १९९५ मा विश्वका ९ वटा देशमा देखापरेको थियो। अहिले डेंगी १ सय २६ वटा मुलुकमा फैलिसकेको छ। त्यसमा पनि दक्षिण–पूर्वी एसिया क्षेत्रमा यो बढी फैलिएको छ। यो क्षेत्रका ११ वटा मुलुकका ५१ प्रतिशत जनता डेंगीको जोखिममा छन्। विश्वका ४० प्रतिशत जनसंख्या डेंगीको उच्च जोखिममा छन्।

संक्रमित एडिस एजिप्टाई र एडिस एल्वोपिक्टस लामखुट्टेले टोकेमा डेंगी हुन्छ। यो जातको पोथी लामखुट्टेले टोकेमा मात्र मानिसमा डेंगी भाइरस सर्छ। सफा पानीमा बस्न रुचाउने यो लामखुट्टेले १० देखि १५ जनाको रगत चुसेपछि मात्र अघाउने हुनाले एकै समयमा धेरैजनालाई डेंगी सार्छ। यो अँध्यारो भागमा लुकेर बस्छ र भोक लागेपछि मात्र टोक्न उड्छ। एडिसको पोथी लामखुट्टे ७ देखि १० दिन बाँच्छ भने पोथी ४ देखि ६ साता बाँच्छ। यो लामखुट्टे २५ देखि ३० डिग्री तापक्रममा बाँँच्छ। यो दिनमा सक्रिय हुन्छ। यो लामखुट्टे सोफा, टेबुल तथा खाटमुनि बस्न रुचाउँछ। यो लामखुट्टे ३ देखि ४ सय मिटर टाढासम्म उड्छ।

७० प्रतिशत लामखुट्टे पहिल्यै डेंगी संक्रमित भएका हुन्छन्। संक्रमित लामखुट्टेबाट जन्मेका सबै नयाँ लामखुट्टेमा डेेंगी भाइरस हुन्छ। यो लामखुट्टे भदौदेखि कात्तिकसम्म सक्रिय हुन्छ। यो लामखुट्टेले टोकेर डेंगी संक्रमण भएको चारदेखि १० दिनभित्र लक्षण देखिन्छ। टाउको दुख्ने, आँखाका गेडी दुख्ने, ज्यान दुख्ने, वाकवाकी लाग्ने, शरीरमा राता बिमिरा आउने, कडा ज्वरो आउनेलगायत यसका लक्षण हुन्। डेंगीको औषधि नभएकोले झोल कुरा खाने, आराम गर्ने र दुखाइ कम गर्न प्यारासिटामोल खान सकिन्छ। ज्वरो कडा आएमा र आन्तरिक रक्तश्राव भएमा अस्पताल भर्ना हुनुपर्छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]