उदयपुर सिमेन्ट उद्योगका कारण बस्तीनै विस्थापित हुने सम्भावना

Logo
खेमराज दाहाल सोमबार, मंसिर २६, २०७९

उदयपुर । उद्योग स्थापना र विस्तारले आर्थिक क्षेत्रलाई चलायमान बनाउने मात्र नभई यसले चिन्ता समेत थपेको छ । जसको दुष्प्रभावको सामना गर्न उद्योग वरिपरिका स्थानीय बाध्य छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले नजिकै स्थापना भएको उदयपुर सिमेन्ट उद्योगले वातावरणीय प्रभावको वास्तै नगरी लापरवाही तरिकाले सिमेन्ट उत्पादन गर्दा यसले यस क्षेत्रको आकाश जहिले धूवाँले बादललागेजस्तै गरी अध्याँरो हुन्छ भने त्रियुगा नगरपालिका ५ श्रीपुर बस्ति फुस्रै।

जमिनमा लगाइएको वाली उद्योगबाट निस्केको सिमेन्टको धुलाले छोपिएको हुन्छ। बस्तीको विचमा खोलिएको यो उद्योगले गर्दा त्यस क्षेत्रमा प्रदुषण बढ्नुका साथै त्यस क्षेत्रमा बस्ने स्थानीय वासीलाई किड्नीको समस्या देखिन थालेको छ।

२०४४ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यो उद्योग नयाँ प्रविधिमा बने पनि अहिले पुरानो हुदा क्षमता अनुसारको उत्पादन गर्न सकेको छैन । निर्माण भएर संचालनमा आउदा नयाँ प्रविधिमा बनाइएको हुदा खासै प्रदुषण नफैलाए पनि प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपुर्ति वापत उद्योगमा रोजगारी दिने अन्य सेवा सुविधा दिदै आइएको थियो।

तर अहिले उद्योग पनि पुरानो हुदै गयो मेसिनहरु सबै पुराना हुदै गए प्रदुषण पनि बढाउन थाल्यो यहाँका स्थानीयलाई क्षतिपुर्ति पनि दिन छाडियो।पछिल्लो समय उद्योगमा चरम राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनले उद्योग अधोगति तिर लाग्दै गए पछि यहाका बासिन्दा सिर्प सिमेन्टको धुलो खाएर आफ्नो ज्यान जोखिममा राखेर बाच्न बाध्य छन्।

उद्योगले उत्पादन गरेको सिमेन्ट मध्यबाट प्रति बोरा ३ रुपैयाका दरले प्रदुषण शुल्क लिएर प्रभावितहरुलाई क्षेतिपुर्ति दिने भनेर शुल्क उठाए पनि त्यो शुल्क वास्तविक प्रभावितहरु काहाँ पुग्न नसकेको स्थानीय मोहन राम रायमाझीको गुनासो छ। “हामी धुलोले मरी रहेका छौ प्रदुषण शुल्क उठाएर कहाँ लान्छन कसले खान्छन थाहा छैन” रायमाझीले भने, “सिमेन्टको धुलो लागेको अन्न जति धुए पनि नपखालिदो रहेछ यहाँका हरेकलाई किड्नीको समस्या हुन् थालेको छ, यहाँका जनतालाई क्षेतिपुर्ति स्वरुप उद्योगमा काम दिए पनि त बाहिरबाट किनेर ल्याएर खान्थे त्यो पनि छैन।”

उद्योग बाट निस्केको धुलो र धुवाको असरले यहाँका गर्भवती महिलाहरुमा असर गर्दा जन्मिने बच्चाहरु लुलो लंगडो जन्मिने, सुस्त मनिस्थितिका जन्मिने गरेको स्थानीय पुष्पा भट्टराई बताउछिन। उद्योगबाट निस्केको धुलो र धुवाले गाइ वस्तुलाई खुवाउने घास धुलाम्मे हुदा खेति किसान गर्न समेत समस्या भएको उनको भनाई छ। “उद्योगबाट निस्केको धुवा धुलो, तेही धुवा धुलो लागेको खाने कुरा खाँदा नयाँ जन्मिने बच्चाहरु स्वस्थ जन्मिन छाडेका छन।” उनले भनिन, “खेतीमा लगाएको घाँस ल्याएर गाइ, भैंसी, बाख्रालाई दियो खादैनन खाए पनि बिरामी परेर दुब्लाउदै जान्छन र मर्छन।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।