उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको अधिवेशन आज उद्घाटन भएको छ। नेपाल निर्माण व्यवसायी संघको ८ औं अधिवेशन र १० औं साधारण सभा सत्रको उद्घाटन संघका केन्द्रिय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता र त्रियुगा नगरपालिका प्रमुख बसन्त बस्नेतको बिशेष आतिथ्यमा उद्घाटन भएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रवि सिंहले विकास निर्माणको काममा ढिलासुस्ती हुनुको कारण निर्माण व्यवसायी मात्रै नभएको भन्दै सरकारको विभिन्न नीति नियमका कारण पनि रहेको उल्लेख गरे । उनले कानुनी जटिलता र अन्य कारणले व्यावसायी अप्ठ्यारोमा परे संघले साथ दिने भए पनि आफ्नै लापारवाहीले ढिला सुस्तीले समस्या परे त्यसको संघले प्रतिरक्षा नगर्ने बताए।
यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिका प्रमुख बसन्त बस्नेतले देश निर्माणमा निर्माण व्यावसायीको मुख्य भूमिका हुने भएकाले काममा गुणस्तर कायम रहने गरि र समयमा काम सकिने गरि कार्य गर्न आग्रह गरे।
त्रियुगा नगरपालिकाले पनि निर्माणका कामलाई सजिलो र छिटो बनाउन नीति ल्याउन लागेको उल्लेख गर्दै मेयर बस्नेतले व्यावसायीलाई पनि नीति नियमका कारण अप्ठ्यारोमा पार्न नहुने बताए ।