सुनियोजीत रुपमा वडा अध्यक्षलाई फसाउन खोजियो : नेकपा एमाले

Logo
सोमबार, आषाढ २५, २०८०

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्यान्न स्थानीय एक महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप लागेर पक्राउ परे पछि नेकपा एमाले उदयपुरको चौदण्डीगढी नगर कार्यसमितिले पत्रकार सम्मेलन गर्दै त्यसको खण्डन गर्दै नियोजित रुपमा फसाइएको बताएको छ । नगर पार्टी कार्यालय बेल्टारमा गरेको पत्रकार सम्मेलनमा एमालेका पार्टी अध्यक्ष परमेश्वर घिमिरेले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई छानी छानी बदनाम गर्ने मनसायले सुनीयोजित ढंगबाट आक्रमण गरिएको बताएका हुन ।

आर्थिक बर्षको अन्त्य भए संगै योजना अनुगमनमा जाँदा एक स्थानीय महिलाले एक्कासी गाली ब्यायजती गर्दै चप्पल उठाएर हान्न खोज्दा राउतले प्रतिकार मात्र गरेको पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले बताए ।  अवैद्य रुपमा ढुङ्गागिट्टी उत्खनन गरेको भनेर आरोप लगाए जसरी कुनै पनि नदिजन्य पदार्थ उत्खनन नगरेको र योजनामा अलकत्र लिएर हिडेको टिपर फसेर जेसीबी निकाल्न जाँदा सुनियोजित रुपमा महिलाले अभद्र व्यबहार गरि चप्पल उठाएर हान्न खोज्दा प्रतिकार मात्र गरेको अध्यक्ष घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले एमालेबाट निर्वाचित जनप्रतिनिधिका काम बाट तर्सिएर चरित्र हत्या गर्ने उदेश्य सहित योजना बद्ध ढंगबाट यो घटना घटाइएको धारणा राखे । जनप्रतिनिधि माथी अभद्र व्यबहार गर्ने महिलालाई उजुरी हाल्दा उजुरी लिन नमान्ने तर निर्वाचित जनप्रतिनिधिलाई सत्यतथ्य नबुझी सत्ता र शक्तिको दुरुपयोग गर्दै पक्राउ गरिनु दुर्भाग्य भएको मेयर लामाले बताए ।

यो पनि पढ्नु होस ।

वडाध्यक्ष राउतद्वारा महिलामाथि हातपात

महिलामाथि दुर्व्यवहार गर्ने उदयपुरका वडाध्यक्ष पक्राउ

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।