
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मंगलबार बस्ने भनिएको बैठक कोरोना भाइरसको कारण स्थगित भएपछि बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको मिति अझै अनिश्चित भएको छ । आईपीएलको नयाँ मिति र आयोजना सम्बन्धी छलफल गर्न बीसीसीआईले मंगलबार आईपीएल मालिकहरुसँग छलफलका लागि बैठक बोलाएको थियो । भारतमा कोरोनाको संक्रमण झनै बढ्न थालेपछि बैठक स्थगित गरिएको हो […]
यसै वर्ष जुलाईमा सुरु हुने टोकियो ओलम्पिक कोरोना भाइरसका कारण स्थगित हुने भएको छ । ओलम्पिक स्थगित भएर अर्को वर्षमात्रै आयोजना हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डले बताएका छन् । यसअघि अस्ट्रेलिया र क्यानेडाले ओलम्पिकमा प्रतिस्पर्धा नगर्ने जानकारी गराएका थिए । त्यस्तै, ब्रिटिस ओलम्पिक एशोसियसनका अध्यक्ष सर हग रोबर्टसनले पनि आफ्नो देशलाई टोली पठाउने […]