
उदयपुर । उदयपुरको गाईघाटमा टुबोर्ग होलि महोत्सब २०७८ सम्पन्न भएको छ। स्थानीय कलाकारहरुको उपस्थितिमा गाईघाट स्थित पिपलचोकमा पब्लिक नेटवर्क मिडिया प्रा.लि.ले होलि महोत्सबको आयोजना गरेको हो। पब्लिक नेटवर्क मिडिया प्रा.लि.ले आयोजना गरेको होलि महोत्सबलाई त्रियुगा नगरपालिकाकी उपमेयर देवी चौधरीले उद्घाटन गरेकी हुन् । स्थानीय कालाकार गोपाल कृति, मिथुन ठाकुर, अशोक सिवा फिरोज बस्नेत लगाएतले महोत्सबमा […]
भेटघाट ब्याड्मिन्टन क्लबले त्रियुगा नगरपालिका ८ चुहाडेमा आजबाट जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियोगिता सन्चालन गर्दैछ । निजि लगानीमा निर्मित कवर्डहलको उद्घाटनसंगै प्रतियोगिता हुने भएको हो । प्रतियोगिता तीनदिनसम्म संचालन हुनेछ । सञ्चालक विक्रम सिङ्ह खड्काका अनुसार प्रतियोगितामा जिल्ला भरीकै खेलाडीहरुको सहभागिता र उत्कृष्ट खेल प्रदर्शन हुनेछ । सो ठाउँमा ब्याड्मिन्टन खेलसंगै सांगीतिक कार्यक्रम, रेस्टुरेन्टसमेत गरी […]
नेपालमा संचालित अन्तराष्ट्रिय रियालिटी शो ‘द व्वाईस अफ नेपाल’मा दिप श्रेष्ठको टिममा सेलेक्ट हुदै उदयपुरकी शोभा तामाङ ब्याटल राउन्डमा प्रवेश गरेकी छिन् । ‘द व्वाईस अफ नेपाल’को सिजन ३ मा कोच दिप श्रेष्ठलाई टन गराउदै उनैको टिममा दोस्रो राउण्डमा प्रवेश गरेकी हुन्। भ्वाइस अफ नेपालको डिजिटल अडिसनमा बिश्वभरि बाट करिव ४० हजार आवेदक मध्य तामाङ्ग […]
रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा अहिले अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले विभिन्न अनुसन्धान गरिरहेको छ। सात महिना लामो यात्रा गरेर मंगल ग्रहको सतहमा पर्सिभिरेन्स गत फेब्रुअरी १८ मा ल्यान्ड भएको थियो। अहिले पर्सिभिरेन्सको ६ पांग्रे रोभरले जेजेरो कार्टरमा कुनै बेला मंगल ग्रहमा जीवन सम्भव थियो कि थिएन भनेर अनुसन्धान गरिरहेको छ। […]
नेपालको प्रदेश नं. १ को पश्चिम देखि दक्षिण हिस्सामा फैलिएको उदयपुर जिल्लाले महाभारत पर्वत शृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको यस जिल्ला क्षेत्रफलको हिसाबले नेपालको २७औं ठुलो जिल्ला हो । ८ स्थानिय निकाय रहेको यस जिल्लामा चार नगर मध्ये बेलका नगरपालिका• त्रियुगा नगरपालिका• चौदण्डीगढी नगरपालिका• र कटारी नगरपालिका• रहेका […]
एउटा नीतिकथा छ । एक गरिब माझी सधैं झै माछा मार्न नदीतर्फ लागे । साँझ छिप्पन लाग्दासम्म उनले एउटै गतिलो माछा फेला पारेनन् । संयोगले जालोमा एउटा सुनौलो माछा प¥यो । त्यस्तो माछा उनले कहिल्यै देखेका थिएनन् । अचम्म के भयो भने, उक्त सुनौलो माछा विलौना गर्दै रुन थाल्यो । माझीको मन पग्लियो, उनले माछालाई […]
एजेन्सी : विश्भर मानवीय हताहती निम्त्याइरहेको कोरोना महामारी संक्रमण जीवजन्तुमा पनि देखिन थालेको छ। अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएकी चार वर्षीया बाघिनीालई कोरोना संक्रमणको पुष्टि भएको हो। लगातार सुख्खा खोकी खोक्न थालेपछि बाघिनीको स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको सीएनएनले जनाएको छ। पशु चिकित्सकहरुले चिडियाखामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिएका छन्। […]
बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले गए राती प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएका छन्। ‘साँझ करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको छ,’विज्ञप्तिमा […]
संसारको कुनै कुनामा अपराध बढिरहेको छ भने कतै स्वात्तै घटेका पनि छन् । यद्यपी, एउटा युरोपेली देश यस्तो पनि छ जहाँ अब एकजना पनि त्यस्ता अपराधी छैनन् जसलाई जेलमा राख्न सकियोस् । यति पढिसक्दा पनि तपाईंलाई विश्वास लागिरहेको छैन होला तर धर्तीमा एउटा यस्तो पनि देश छ जहाँका जेल खाली छन् । पश्चिमी युरोपेली देश […]
एजेन्सी । एक व्यक्तिले कोरोना भाइरसबाट संक्रमित हुने डरले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो गरेको बताइन्छ । बाथरुममा थुनिएपछि श्रीमतीले पुलिसलाई फोन गरेकी थिइन् । त्यसपछि पुलिसले उनीहरु बसिरहेको अपार्टमेन्टमा आएर महिलालाई छुटाए । श्रीमान्ले डाक्टरसँगको कुराकानीपश्चात् बाथरुममा बन्द गर्ने निर्णय […]
एजेन्सी । विश्वव्यापीरुपमा त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) को डरले मानिसहरुको मनमा डेरा जमाएको छ । के भगवान पनि कोरोना भाइरससँग डराउँछन् ? भारतमा एउटा आश्चर्यजनक घटना सामुन्ने आएको छ । वाराणसीको एक मन्दिरमा शिवलिङ्गमा नै मास्क लगाइएको तस्विर सार्वजनिक भएको छ। मन्दिरका पुजारी कृष्ण आनन्द पाण्डेले भाइरसको संक्रमणको त्रास बढेको भन्दै भगवान विश्वनाथको अनुहारमा […]
कोरोना भाइरस संक्रमणबाट बच्ने दुइटा उपाय छन्— कसैसँग हेलमेल नराखी घरभित्रै बस्ने र पटक–पटक साबुनपानीले हात धुने। अब प्रश्न उठ्छ, साबुनपानीले हात धुँदा भाइरस संक्रमणबाट बच्न सकिन्छ भनेर पत्ता लगाउने व्यक्ति को हो? तपाईंहरू गुगल चलाउनुहुन्छ भने याद गर्नुभएको होला, केही दिनअघिसम्म गुगलले आफ्नो होमपेजमा जुँगा भएका, कपाल खुइलिएका एक व्यक्तिको तस्बिर राखेको थियो। त्यही […]
लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा कोरोना भाईस बोलको गीत सार्वजनिक भएको छ । पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयं खातीको संगीत रहेको कोरोना भाईरस गीत जनचेतनामुलक गीत हो । चिनको बुहानबाट सुरु भएको कोरोना भाईरसले अहिले विश्वभरी महामारीको रुप लिएको छ । हालसम्म १८८ मुलुकमा देखा परिसकेको कोरोना […]