
उदयपुर । नेपाली कांग्रेसको भात्री संगठन नेपाल थारु संघ जिल्ला कार्यसमिति उदयपुरले निर्वाचन अगाडि गरिएको गठबन्धन ठगबन्धनमा परिणत भएको निष्कर्ष निकालेको छ । पुष २० गते एक बिज्ञप्ति जारी गर्दै संघले गठबन्धनका नाममा बिचार र सिद्धान्त नमिल्ने पार्टीहरु सँग अपवित्र गठबन्धन गरि आफ्ना पार्टीका कार्यकर्तालाई कारवाही गरेको प्रती आपत्ति जनाएको छ । गठबन्धनका नाममा बिचार […]
उदयपुर : नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन । कृष्णप्रसाद सिटौला निकट मानिने उनी १८ मतका साथ विजयी भएका हुन । उनका प्रतिस्पर्धि केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरेका छन । संसदीय दलमा निर्वाचित थापा समानुपातिकबाट सांसद बनेका हुन । प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट […]
उदयपुर — कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस नेतृत्वको गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि उदांगिएको बताएका छन् । संसद्बाट नयाँ सरकारको नेतृत्वमा पुष्पकमल दाहालको सत्तारोहण अपेक्षित नभएको भन्दै प्रचण्ड र माओवादी केन्द्रको राजनीतिक अस्थिर चरीत्र पुनः उदांगो भएको बताएका हुन । नेपालको पछिल्लो परिवर्तित राजनीतिप्रति बिज्ञप्ति सार्वजनिक गर्दै नेता कोइरालाले संसदीय व्यवस्थामा […]
उदयपुर । नेपाल विद्यार्थी संघ (नेविसंघ) उदयपुरको अध्यक्षमा रोशन कार्की मनोनित भएका छन । गत फागुन बाट रिक्त रहेको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा कार्कीलाई (नेविसंघ) उदयपुरको अध्यक्षमा मनोनयन गरिएको हो । नेपाली कांग्रेस उदयपुरको सिफारिसमा कार्कीलाई अध्यक्षमा मनोनयन गरेको नेबिसंघ केन्द्रीय कार्यसमितिले जनाएको छ । २०६४ सालबाट नेबिसंघमा आवद्ध भएका कार्की २०७० सालमा इकाई […]
काठमाडौं । कांग्रेसको संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा संसदीय दल नेताका लागि उम्मेदवार हुने समझदारी बनेको छ। आज लैनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापनइतर समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको छ। १५ औं महाधिवेशनमा महामन्त्री थापासहितले नेता कोइरालालाई सहयोग गर्ने गरी समझदारी बनेको एक नेताले बताए। संस्थापनइतर समूहबाट नेता कोइराला […]
उदयपुर । १ नं प्रदेश सभामा उदयपुरबाट ८ जना संसद देखिने भएका छन । प्रत्यक्ष ४ र समानुपातिक ४ गरि उदयपुरका ८ संसदले १ नं प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएका हुन । उदयपुरमा प्रत्यक्षमा शून्य रहेको नेकपा एमालेले प्रदेश सभामा समानुपातिकबाट २ जना, कांग्रेसबाट २ प्रत्यक्ष र एक समानुपातिक र माओवादीका प्रत्यक्ष २ र समानुपातिक […]
उदयपुर । प्रदेश एकमा ठुलो मत अग्रताका साथ नेकपा एमाले पहिलो दल बनेको छ । ९३ सिट रहेको प्रदेश १ सभामा एमाले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेर पहिलो दल बनेको हो । प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९ सिट जितेर नेपाली कांग्रेस दोस्रो दल बनेको छ । प्रत्यक्षमा ९ र समानुपातिकमा […]
काठमाडौँ — प्रतिनिधिसभामा १२ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै छन् । कांग्रेस प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएको छ । पाँच वर्षअघिको निर्वाचनमा पहिलो बनेको एमाले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिटमा खुम्चिएर […]
उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा सदस्य १ (ख) मा हिमाल कार्की २१६ मतले विजयी भएका छन । सत्ता गठबन्धनको साझा उम्मेदबार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका कार्कीले १४ हजार ९७९ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदबार इश्वरमणि राउत १४ हजार ७६३ मत ल्याएका छन् […]
उदयपुर । नेकपा एमाले भित्रको पहिलेको आन्तरिक विवाद अहिले निर्वाचनमा देखिन थालेको छ । एमाले विभाजन अगाडी ओली र माधव नेपाल समुहमा रहेका नेता तथा कार्यकर्ता बीच अविश्वास देखिन थालेको हो । एमालेभित्र लामो समय अध्यक्ष केपी ओली विरोधी कित्तामा उभिएका इश्वरमणी राउत अहिले उदयपुर क्षेत्र नं १ को २ मा प्रदेश सभा सदस्यको उम्मेद्वार […]
उदयपुर। मंसिर ४ गते हुने संघीय र प्रदेश सभा सदस्यको निर्वाचनको लागि सत्ता गठबन्धनका उम्मेद्वारलाई जिताउन नेपाली कांग्रेस उदयपुरले मूल निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ। निवर्तमान पार्टी सभापति बिदुर बस्नेत संयोजक रहेको मूल परिचालन समितिको आज जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले निवर्तमान पार्टी सचिव मदनराज कटुवाललाई सदस्य सचिव बनाउदै पूर्णता दिएको हो। बैठकले मूल […]
उदयपुर । मंसिर ४ गतेको निर्वाचन लक्षित नेपाली कांग्रेस सहित गठबन्धन दलले चुनावी अभियान सुरु गरेको छ । असोज २३ गते मनोनयन पश्चात आन्तरिक छलफलमा रहेको गठबन्धन कार्तिक १ गते देखि चुनावी अभियानमा होमिएको हो । उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रदेस ( ख ) मा सात दिने कार्यतालिका बनाएर त्रियुगा नगरपालिका भरिका सवै वडामा कार्यकर्ता […]
उदयपुर । कांग्रेसले प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ९० क्षेत्रमा उम्मेदवार उठाएको छ। माओवादी, नेकपा एस, लोसपा सँगको गठबन्धनमा कांग्रेसले ९० क्षेत्रमा उम्मेदवारी दिएको हो। कांग्रेसले ९० क्षेत्रमा उम्मेदवारी दिँदा नेता शेखर कोइराला पक्षका २० जना हाराहारीले टिकट पाएका छन्। सभापति शेरबहादुर देउवा यसपालि पनि डडेल्धुराबाट उम्मेदवार भएका छन्। पार्टीले टिकट नदिएपछि केही नेताहरूले […]
उदयपुर — उदयपुरको क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् । डा खड्काका लागि नेपाली कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार प्रस्तावक र पूर्व क्षेत्रीय सभापति भोजराज खतिवडा समर्थक भएर मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्ण […]
उदयपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेले प्रदेश कमिटी सचिवालय सदस्य अम्बरबहादुर रायमाझीलाई उमेद्वार बनाएको छ । निर्वाचनको नतिजा आफ्नो पंक्षमा पार्नै पर्ने रणनीतिलाई आत्मसाथ गर्दै एमालेले तीन दशक बढि समय सामाजिक अभियानमा जोडिएका रायमाझीलाई अघि सारेको हो । शिक्षा, स्वास्थ्य, धर्मसंस्कृति, युवारोजगार लगायतका सामाजिक […]
उदयपुर । नेपाली काँग्रेस उदयपुरका निवर्तमान सभापति विदुर बस्नेतले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । विहीवार विज्ञप्त्ति जारी गर्दै उनले समानुपातिकमा आफ्नो दाबी नरहेको र कुनै पनि क्षेत्रबाट सिफारिस समेत नभएको अवस्थामा समानुपातिकको बन्द सूचीमा नाम राखिएको भन्दै आपत्ति जनाएका हुन् । उनले प्रतिनिधि सभा सदस्यका लागि […]
उदयपुर । विपिको १०९ औं जन्म जयन्तिको अवसरमा आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेस उदयपुरले भदौ २४ गते ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियानको पहिलो चरणको कार्यक्रमको समापन गरेको छ । नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रतिनिधि रुकमणी कोईरालाले नेपाली राजनीतिका शिखर पुरुष विपि कोईरालाको तस्विरमा माल्यल्पर्ण गर्दै अभियान कार्यक्रमको समापन गरेकी […]
उदयपुर । नेपाली कांग्रेस उदयपुरले चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’लाई पालिकास्तरमा सञ्चालन गरेको छ । जिल्ला स्तरमा कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त अभियानलाई जिल्लाका आठ वटै पालिकामा सञ्चालन गरिएको हो । चार नगरपालिका र चार गाउँपालिकामा कार्यक्रम गरी पालिकास्तरमा अभियानको शुभारम्भ गरिएको छ । पालिकास्तरमा सकिएपछि अब वडामा यो अभियान सञ्चालन हुने नेपाली काङ्ग्रेस उदयपुरले […]
उदयपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेले प्रदेश कमिटी सचिवालय सदस्य अम्बरबहादुर रायमाझीलाई अघि सारेसँगै गठबन्धन दल भित्र खैलाबैला सुरु भएको छ । निर्वाचनको नतिजा आफ्नो पंक्षमा पार्नै पर्ने रणनीतिलाई आत्मसाथ गर्दै एमालेले तीन दशक बढि समय सामाजिक अभियानमा जोडिएका रायमाझीलाई अघि सारेपछि गठबन्धन दलका नेता […]
उदयपुर । माओवादी केन्द्रका प्रदेश संगठन विभाग सदस्य सहित ४८ जना जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं. ८ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा माओवादीका प्रदेश संगठन विभाग सदस्य तथा त्रियुगा नगर समिति सह सचिव कुल बहादुर कटुवाल सहित ४८ जिल्ला […]
उदयपुर । नेपाली कांग्रेस उदयपुरको संस्थापनइतर समूहले शुक्रबार दिउँसो आफू पक्षीय नेता तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नजिकिदै गरेको संघीय र प्रदेश सभा निर्वाचनका लागि रणनीति बनाउन र आफू पक्षीय नेताहरुको पनि निर्वाचनमा सम्मान जनक उपस्थिति हुन पर्नेमा छलफल भएको थियो । संस्थापन इतर समुहको बैठकले संघीय निर्वाचनका लागि उदयपुर क्षेत्र नं १ […]
उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ को नेपाली काँग्रेस पार्टी वडा कार्यलय शुक्रबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल कार्कीले रिवन काटेर गरेका हुन । कार्यवाहक वडा सभापति पर्शुराम थारुको अध्यक्षता तथा नेपाली काँग्रेसका प्रदेश १ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्री तथा जिल्ला सभापति हिमाल कार्कीको […]
उदयपुर । कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालले पुष्टि गरेको छ । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्। नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएकाले उक्त विधेयक फिर्ता गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। “राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल […]
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ३ महिना बाँकी छ । निर्वाचनका लागि आवश्यक तयारी तीव्र रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन सम्पन्न गर्न करिब १० अर्ब खर्च लाग्ने आयोगको अनुमान छ । निर्वाचन खर्च बढेसँगै आयोगले उम्मेदवारहरुको खर्चको सीमा पनि बढाउने तयारी थालेको छ । सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर […]
उदयपुर _ नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेश इन्र्चाज देवराज घिमिरेले स्थानीय तहको निर्वाचनमा एमाले पराजित हुनुको मुख्यकारण सांगठानिक अराजकता रहेको ठोकुवा गरेका छन् । आगामी निर्वाचनलाई लक्षित गरी नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफु भए ठिक नभए हराउने प्रवृति हावि हुँदा निर्वाचनको नतिजा अनपेक्षित आएको […]
उदयपुर । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४० औं स्मृति दिवस आज उदयपुरका विभिन्न स्थानम मनाइएको छ । बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस उदयपुर र उसका मातहतका अन्य कमिटी हरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै कोइरालाको ४० औं स्मृति दिवस मनाएका हुन । जिल्ला कमिटिका उपस्थित सदस्यले जिल्ला स्थित […]
उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाको नवौं नगर अधिबेशन सम्पन्न भएको छ । नगरले अगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट, नीति तथा कार्यक्रम , विभिन्न बिधेयक र प्रस्तावहरु पास गर्दै अधिबेशन सम्पन्न गरेको हो । नगर अधिबेशनले आ.व. ०७९/८० का लागि १ अर्ब २८ करोडको ५३ लाख ३० हजार ४ सय चालीस रुपैयाँको बजेट प्रस्तुत गरेको […]
उदयपुर : नेकपा एमाले निकट विद्यार्थीको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) उदयपुर जिल्ला कमिटीको १६ औं जिल्ला अधिवेशनमा आकांक्षी धेरै हुदा नेतृत्व चयन गर्न सकस भएको छ । अध्यक्षकै आकांक्षी तिनजना भएपछि टुंगो लगाउन नसकिएको हो । अध्यक्षमा सन्तोष काफ्ले, प्रवेश ठकुरी र अश्विन कार्कीले आकांक्षा देखाएका छन । सन्तोष काफ्ले त्रीयुगा […]