
श्री बसन्त कुमार बस्नेतज्यू, नगर प्रमुख – त्रियुगा नगरपालिका, उदयपुर, गाइघाट । नमस्कार ! सर्वप्रथम तपाईँलाई सफल कार्यकालको हार्दिक शुभकामना ! तपाईँले मेयर पदको पदभार ग्रहण गर्दै गर्दा नगरलाई कृषि क्षेत्रमा आत्म निर्भर बनाउने, शिक्षा क्षेत्रलाई प्राथमिकता दिने लगायतका बिषयमा आफू दत्तचित्त भएर लाग्ने बताउनु भएको थियो । यी बिषयको व्यावहारिक कार्यान्वयनमा सफलता प्राप्त होस् […]
उदयपुर । लोकतन्त्रको मूल जराको रूपमा रहेको स्थानीय तहको निर्वाचन मुलुक संघीयतामा गए पश्चात दोस्रो पटक सफलता पुर्वक सम्पन्न भएको छ । पहिलो कार्यकालमा आफ्ना स्वार्थ हेरेर जनतालाई भोट बैंक मात्र ठान्नेहरुलाई निर्वाचन मार्फत दण्डित गरेर आम मतदाताले आफ्ना दुःखसुखमा प्रत्यक्ष साथ दिने जनप्रतिनिधि प्राप्त गर्न सफल भएकोमा आमसर्वसाधरणको भरोसामा एक खालको खुसीयाली छाएको छ […]
उदयपुर । ५४७.४३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको त्रियुगा नगरपालिकामा एक लाख बढी मानिसहरु बसोबास गर्दछन । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर रौतामाई बाट सिंचित यस पवित्र भुमिमा पुर्ण रुपमा सेवाको भावाना लिएर यहाँका ६० हजार ६ सय ५७ मत दिन योग्य नागरिकहरुबाट अनुमोदित हुन नेपाली कांग्रेसका वसन्त बस्नेत आम नागरिकका घर घर पुगिरहेका छन । स्थानीय […]
बिश्वभर तहस नहस बनाएर नेपाल छिरेको कोरोना संक्रमणले १० हजार बढिको ज्यान लियो । कोरोना कहरले देश अन्धकारमा धेकेलिदा कोरोना संक्रमणले मात्र हैन भोकमरिले समेत कतिको ज्यान लियो । कोरोना संक्रमणको त्रासले सबै पेसा ब्याबसाय ठप्प भए । मानिसहरु बाहिर निस्किन डराए । त्यसै बेला उदयपुरको भुल्केमा एकै पटक १३ जनामा कोरोना संक्रमण देखियो । […]
बैषाख १२ गतेको घामले धेरैको पसिना चुवाएको थियो । तर सबैको उत्साह यति माथी थियो कि के घाम के थकान सबैले भुलेका थिए । १२ बजेको घाममा हजारौंको भिड सहित मोटो मान्छे आसन्न स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकाको वडा नं ११को अध्यक्ष हुन मनोनयन दर्ता गराउन जाँदै थिए । र्याली सहितको भिडमा गर्मीले पसिनाले लफ्रक्कै भिजेको […]
उदयपुर : त्रियुगा नगरपालिकाको मेयरका लागि धेरै चर्चा भए । सामाजिक सञ्जालमा अत्याधिक बहस हरु भए । तर उपमेयरको बिषयमा हाल सम्म खासै चर्चा छैन । गठबन्धनको चपेटामा रुमलिएको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकी देवि चौधरी उपमेयर छ्न । यस पटक कांग्रेस बाट उपमेयरमा ४ जनाले आकांक्षा देखाएका छन । सरिता राई, तारा राई, […]
उदयपुर । नेपाली कांग्रेस चितवनले भरतपुर नगरपालिकालाई केन्द्रमा राखेर सत्तारुढ दलसँग गठबन्धन गर्यो । जिल्लाको सदरमुकाममा रहेको भरतपुर महानगरपालिका आफ्नो हुनपर्ने अडान सहित गठबन्धन गरेको कांग्रेसको गठबन्धनको बटमलाइननै भरतपुर आफ्नो नेतृत्वमा हुन पर्ने अडानमा छ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाललाई यस अघि पनि कांग्रेस माओवादी गठबन्धनले मेयरमा बिजयी गराएको थियो […]
उदयपुर । जिल्लाकै सर्वोकृष्ट सामुदायिक बिद्यालय त्रियुगा नमुना माध्यामिक बिद्यालयको ब्याबस्थापन समितिको चुनाव चैत्र १४ गते हुने भएको छ । दुई समूह बनाएर हुन लागेको चुनावमा खुल्ला सदस्य तर्फ जिवन पाण्डे र लोक बहादुर तामाङ्गले प्रतिस्पर्धा गर्ने भएका छन । महिला तर्फ मनिता श्रेष्ठ र सुनिता रेग्मी राईले प्रतिस्पर्धा गर्ने भएका छन भने दलित तर्फ […]
प्रेस युनियन केही साथीहरु लगाएत कांग्रेसका नेताहरु कांग्रेसका नेता बसन्त बस्नेतको घरमा बसेर सामान्य राजनीतिक गफगाफ र छलफल गर्दै थियौं । त्यसै बेला हतासमा शरीर भरी पसिना बोकेर एक जना ब्यक्ती त्यहाँ आए । “सबैलाई नमस्कार, यो वसन्त बस्नेतको घर हैन ?” ती ब्यक्तिले एकै सासमा सोधे । हामीले नमस्कार समेत फर्काउन नपाई उनले गरेको […]
स्थानीय सरकार देश विकासको मेरुदण्ड हो भन्ने विश्वासका साथ विकासप्रतिको अपेक्षा राख्दै हक–अधिकार र स्रोत–साधनसहित जिम्मेवारी प्रदान गरिएको छ । तर, स्थानीयस्तरमा जनताले जनप्रतिनिधिबाट आचरण र विकासको अपेक्षा, आर्थिक सामाजिक रूपान्तरणको आशा गरेका थिए, त्यो प्राप्त हुन सकिरहेको छैन । यसैका बिच सरकारले २०७९ वैशाख ३० गते मुलुकका ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचनको मिति […]
लोकतन्त्रको सबैभन्दा सुन्दर र सुखद पक्ष भनेकै आवधिक निर्वाचन हो र जस्ले जनादेशको नवीकरण गर्ने गर्दछ । लोकतान्त्रिक शासन व्यवस्थामा जनता स्वयंबाट आफूमाथि शासन गर्ने शासकरूपी जनप्रतिनिधि चयन गर्ने पद्धत्ति नै निर्वाचन हो ।वास्तवमा निर्वाचन जनताको नाडी छाम्ने कडी हो अनि कुनै उम्मेदवार वा राजनीतिक दलको लोकप्रियता परीक्षण गर्ने कसी पनि हो । नेपालको ०६२-६३ […]
उदयपुर माघ २६ । ५ बर्ष सम्म कुवाको पानी सरि जमेर बसेको नेपाली कांग्रेस भर्खरै वडा देखि केन्द्र सम्मको अधिबेशन सकेर केही चलाएमान भएको छ । १३ औं अधिबेशनबाट शेर बहादुर देउवा नेतृत्वमा आए पछि कांग्रेस इतिहांसकै सबै भन्दा कमजोर अवस्थामा आइपुग्यो । भर्खर सम्पन्न अधिबेशनबाट पुनः देउवा नेतृत्वमा दोहोरिए । स्थानीय, प्रदेश देखि केन्द्र […]
उदयपुर माघ २३ । केही महिना अगाडि आफ्नो जन्म स्थल उदयपुर फर्केर पत्रकारहरु संग कुरा गर्दै राप्रपाका वरिष्ठ नेता हरि बहादुर बस्नेतले आउदो आम निर्वाचनमा आफू उठ्ने आशय ब्याक्त गरे । फेरि केही दिन अगाडि उदयपुर आएर पत्रकारहरुलाई जम्मा गरि आउदो आम निर्वाचनमा आफू एक उम्मेद्वार भएको घोषणा मात्र गरेनन, नेपाली कांग्रेसका नेता डा. खड्काको […]
नेपाल सरकारका पराराष्ट्र मन्त्री डा. नारायण खड्का गृह जिल्ला आएको समयमा मन्त्री खड्कालाई पटकपटक कालो झण्डा देखाउदै पक्राउ परेर रिहा भएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उदयपुरका अध्यक्ष भुवन दाहाललाई सोलुसन कर्मी खेमराज दाहालले जिल्लाका एक मात्र अन्तर्राष्ट्रिय ब्याक्तित्व परराष्ट्र मन्त्री गृह जिल्ला आउदा किन कालो झण्डा देखाएर बिरोध गरेको भनेर प्रश्न गरेका छन […]
नारायणहिटी दरवार परिसरमा रेस्टुरेन्ट खोल्ने बतास अर्गनाइजेसनको योजना संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेको हस्तक्षेपले केही समयलाई रोकिएको छ । तर यसको चर्चा सेलाएको छैन । नारायणहिटी दरवार राजा वीरेन्द्र शाहको सपरिवार विनाश भएको ठाउँ हो । रक्तपात भएको ठाउँमा भित्ता भित्ता मा गोलीको दाग अझै पनि छ । त्यहाँ सुरक्षा दिएर बस्नेहरुको भनाइअनुसार त्यहाँ […]
उदयपुर पुस २३ । देशकै ठूलो राजनीतिक दल नेकपा एमालेको केन्द्रको नेतृत्व चयन सकिएर केपि शर्मा ओलि त्यस्को नेतृत्वमा हुनुहुन्छ । केन्द्रको अधिबेशन सकिएर अहिले देशभरका सबै जिल्लाहरुमा एकै साथ जिल्ला अधिबेशन सुरु भएको छ । नेकपा एमालेको नारायणी नदिको किनारमा भएको महाधिवेशन पछि देशका अन्य ठुला पार्टीहरुले पनि आफ्नो अधिबेशन सकाएका छन । प्राय […]
स्वागत छ यहाँलाई सोलुसन सम्बादमा धन्यवाद मेरा आफ्ना धाराणा राख्न अवसर दिनु भएकोमा जिल्लाको ८ औ अधिबेशनको सम्मुख हुनु हुन्छ । तपाइँ पनि जिल्ला कमिटी सदस्य हुनुहुन्छ यस पटक तपाइँको आकांक्षा के मा हो ? म नेकपा एमाले उदयपुरको हालको जिल्ला कमिटी सदस्य हु । स्वाभाविक रुपमा मेरो आकांक्षा त्यो भन्दा माथि हुन्छ त्यसो हुदा […]
हरेक ४ देखि ५ बर्षमा आउने नेपाली कांग्रेसको महान चाड महाधिवेशनको बिषयमा प्राय बहस नै हुदैन । कांग्रेस महाधिवेशन किन र के लागि भन्ने बिषयमा सामान्य बहस हुदा सिधा उत्तर नेतृत्व चयनका लागि भन्ने गरिन्छ । तर महाधिवेशनको उदेश्य नेतृत्व चयनका लागि मात्र नभएर ५ बर्षमा कांग्रेसका गलती कमिकमजोरी केलाएर समिक्षा गर्दै पार्टी संगठनलाई सुदृढीकरण […]
नेपाल सरकारको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या युवा पिंडिको छ । अहिलेको प्रबिधिमैत्री युगमा संसारको राजनीतिक परिवेश देखि आर्थिक सामाजिक क्रान्तीको समेत अध्ययन गरेका युवाहरुले नेपालमा कांग्रेसको सान्दर्भिकताको प्रश्न उठाउन थालेका छन । स्थापना कालमा बिपिले बनाएको एउटा सानो झुप्री र दुहुना गाई भन्दा माथी कांग्रेस अहिलेसम्म उठ्न सकेको छैन । हाम्रो […]
देशकै पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसको ठुलो चाड महाधिवेशन संनिकट छ । वडा, नगर, जिल्ला हुदै केन्द्र सम्म कांग्रेसको आन्तरिक चुनावले देशका अन्य राजनीतिक पार्टीलाई मात्र हैन अन्तर्राष्ट्रिय स्तरमा समेत यस्को चासो बढेको पाइन्छ । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएकै कारण र अहिले देशको राजनीतिक परिवेशलाई हेर्दा आज कांग्रेसबाट चुनिएर आउने नेतृत्व नै भोलि देशको […]
देशको माउपार्टी नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको संनिकट छ । देशकै लोकतन्त्र खतराको स्थितिमा पुगेको बेला आफ्नो लोकतान्त्रिक पद्धतिलाई स्थापित गराउन लागेको कांग्रेसको भावी नेतृत्वले नै देशको लोकतन्त्रलाई कता लैजाने भन्ने कुरामा धेरै निर्भर रहन्छ । भिमकाय बहुमत सहित देशको नेतृत्व गर्ने मौका पाएको कम्युनिस्ट सरकारकै कारण अहिले देशको लोकतन्त्र र संविधान माथी पटक-पटक […]
पछिल्लो समय विकास र समृद्धिको कुरा आवश्यकताभन्दा बढी नै भइरहेको पाइन्छ । त्यसमा पनि उदयपुरमा बिकास र समृद्धिलाई जोडेर अमुक ब्याक्तिलाई बिकासबादिको बिल्ला समेत भिराइएको छ। यो आलेख बिकास र समृद्धि को वास्तविक अर्थ र एक व्यक्तिलाई बिकासबादिको पगरी किन लगाइयो भन्ने बारे केद्रित हुनेछ। सामान्य रुपमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र […]
प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी संसद विघटन गरेपछि नेताहरु फुर्सदिला बनेका छन्। । फुर्सदिला नेताहरुले शहरका सडकहरुमा र्याली गरेर यातायातलाई अबरुद्ध गर्ने देखि बिच सडकमा सभा गरेर दिनैभर यातायातलाई ठप्प पारेका छन । दिन दिनै हुने राजनितीक सभा र नेताहरुको देश दौडाहाले उनिहरु ब्याक्तीगत रुपमा ब्यास्त देखिए पनि उनिहरुको ब्यास्तताले देश र जनताले पाउने भनेको […]
हरेक भाषणहरुमा प्राय बोल्न नछुटाउने कम्युनिष्ट हरुको एक साझा सब्द हो “कम्युनिष्ट आन्दोलन”, त्यो शान्तिपूर्ण होस या बिध्वासात्मक। उनीहरुले आफ्ना बैठक, गोष्टि सेमिनार हरुलाई पनि आन्दोलनकै रुपमा लिने गर्छन। छुट्टीनु चैटुनु एकता भंग हुनु एक अर्का प्रति आलोचना गर्नु अविस्वास गर्नु लाई पनि उनीहरु क्रान्तिकारी अभियान ठान्दै कम्युनिष्ट आन्दोलनको एक प्रमुख हिस्सा र उपलब्धि ठान्छन। […]
प्रधानमन्त्री ओलीको वाक पटुता र चातुर्यता जति छ त्यति नै छ नीचताको पराकाष्ठ पनि । आफू बिरामी भएर उपचार गर्न जान लाग्दा स्वास्थ्य लाभको कामना गर्न पुगेका माधव नेपालको स्वास्थ्य लाभ चाहिन्न भनेर माधव नेपाललाई लज्जित बनाएर फर्काएको एक वर्ष र केही महिना मात्रै भयो । परम शत्रुको समेत स्वास्थ्य लाभ र मृत्यु वियोगमा द्रवित […]
यो देशको सानाठूला सबै परिवर्तन कांग्रेसको नेतृत्व र अग्रसरतामा शुरुवात र सम्पन्न भएको कुरामा सिद्दान्ततः धेरैको असहमति र बिरोध छैन । तथापि सम्पूर्णतामा कांगेसले एक्लै यसको जस नपाउला तर कांग्रेस सबै परिवर्तनको नेतृत्वदायी र अभिभावकीय भूमिकामा थियो । यसले निर्वाह गरेको भूमिका र सक्रियता बारेमा समीक्षा, असन्तुस्टी र एक मत नहोला तर एतिहासिक तवरमा सम्पन्न […]
झन्डै दुईतिहाइ बहुमत प्राप्त दलका प्रधानमन्त्री केपी ओलीले जनादेश र लोकतन्त्रको अपहरण गरेका छन् । प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी ताजा जनादेशका लागि भन्दै नयाँ निर्वाचनको मिति तोकिन । सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्दका कारण पैदा भएको अहिलेको अबस्थामा राष्ट्रपति भण्डारीले ओलीको साथ दिइन त्यसले जनताको अभिमत सहित लोकतन्त्र समेतको चिरहरण गरेको […]
मुलुकमा दुई तिहाई निकट संसदको शक्तिका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन वर्षयता सत्ता सञ्चालन गरिरहेको छ । देशको प्रमुख राजकीय पदमा नेकपाकै नेताहरु आसीन छन् । संवैधानिक अभिभावकत्व ग्रहण गर्नुपर्ने राष्ट्रपति पदमा तत्कालीन एमालेकी उपाध्यक्ष विद्या भण्डारी छिन् । मुलुकमा सबै जनतालाई समान अवसर र लाभ दिलाउने संवैधानिक कर्तव्य र बाचाको कसम खाएर […]
सत्तारुढ नेकपाको आन्तरिक विवादमा राष्ट्रपति कार्यालय शितलनिवासलाई नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको गृहकार्य गर्ने स्थान बनाएको छ। २०७७ सालको पहिलो हप्ता नेकपाको विवादका कारण प्रधानमन्त्री ओलीले दुई अध्यादेश राष्ट्रपति भण्डारीबाट पारित गराए। मन्त्रि परिषदको हवाला दिएर लगिएका अध्यादेश मन्त्रिपरिषदमा प्राय छलफल नै नभई लगिएका हुन्थे। तथापी राष्ट्रपति बिद्या देवी भण्डारीले अध्यादेशमा के छ यसले दिर्घकालिन […]